महिलाहरूको अबको प्राथमिकता, राज्य संयन्त्रमा अर्थपूर्ण सहभागिता : कमला पराजुली

काठमाडौँ। राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाहरूको अबको प्राथमिकता प्राप्त अधिकारको सदुपयोग र राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता रहेको बताएकी छन् ।

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि अन्तर्गत (सिड) कमिटीमा प्रस्तुत गर्ने रिर्पोटको तयारीका सम्बन्धमा बिहीबार राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

अध्यक्ष पराजुली भन्छिन्, ‘नीतिगत रूपमा हेर्दा कानुन बनेको छ । विभिन्न संरचना बनेको छ । स्थानीय तहमा न्यायिक समिति छ । संघमा महिला मन्त्रालय नै छ । राजनीतिक रूपमा हेर्दा नेपाल दक्षिण एसियामै छलाङ मार्ने मुलुक हो ।’ तर सहभागितामा चित्त बुझाएर रहन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

नेपालको संविधानले महिलाको राज्यको सबै तहमा कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । महिलाको न्यायमा पहुँच पुर्‍याउन प्रहरीमा सेल स्थापना लगायतका व्यवस्था अभ्यासमा छन् । सम्पत्तिमा महिलाको पहुँच वृद्धि गर्न राजश्व छुट दिने लगायतका नीतिगत व्यवस्था पनि कार्यान्वयनमा छ । तर, यसको प्रयोग कस्तो अवस्थामा छ भनेर ख्याल गरिनुपर्नेमा अध्यक्ष पराजुलीको जोड छ ।

सिड कमिटीमा प्रस्तुत गर्ने गरी महिला कानुन र विकास मञ्चको अगुवाइमा रिर्पोट तयार हुँदैछ । नागरिक समाजको तर्फबाट तयार गरिँदै गरेको रिर्पोटमा नेपालमा महिलाले पाएको अधिकार र त्यसको उपयोगको विषय समावेश छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले नागरिक समाजको तर्फबाट तयार प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिने बताए। संवैधानिक र कानुनी रूपमा प्राप्त अधिकारको सही प्रयोग हुनुपर्नेमा सरकार जिम्मेवार रहेको उनको भनाइ छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल