महोत्तरीमा तीन महिने होटल व्यवस्थापन तालिम

महोत्तरी, ३० असारः महोत्तरीका एक सय ३१ जनालाई होटल व्यवस्थापन विषयका विभिन्न विधामा तीन महिने सीप मूलक तालिम प्रदान गरिएको छ । मधेश प्रदेश, श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को बर्दिबास शाखाले होटल व्यवस्थापनसम्बन्धी तालिम लिएका उनीलाई आज बर्दिबासमा आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको छ ।

नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझा, मधेश प्रदेश श्रम तथा रोजगार मन्त्रालयका अधिकारी र बर्दिबास नगरपालिका प्रमुख प्रहलादकुमार क्षेत्रीलगायतले प्रमाणपत्र प्रदान गर्नुभयो । तीन महिने तालिममा खाना पकाउने आधारभूत सीप, फुड एण्ड वेभरेज सर्भिस, बारिष्टा (कफी मेकिङ्ग) बेकरी (ब्रेड केक मेकिङ्ग), हाउस किपिङ्ग र टुरिष्ट गाइडसहित छ विधामा एक सय ३१ जनाले सीपमूलक तालिम प्राप्त गरेका हुन् । तालिम लिनेमा ४२ जना महिला छन् ।

नाथम बर्दिबास शाखा प्रमुख शिवेन्द्र मल्लिकले प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा बर्सेनी आवश्यक तालिम प्रदान गर्ने गरिएको बताउनुभयो ।सोही संस्थाका सीपमूलक तालिम संयोजक सतिश मिश्रले तालिमप्राप्त जनशक्तिले आआफ्ना विधामा जुनसुकै मुलुकमा सेवा दिनसक्ने बताउनुभयो ।

बर्दिबास नगरप्रमुख क्षत्रीले नाथम बर्दिबास शाखासँगको सहकार्यमा प्राविधिक शिक्षा र उद्यमशीलता प्रवर्द्धनका लागि काम भइरहेको बताउनुभयो । नाथमका प्राचार्य रामकैलाश बिच्छाले तालिम प्राप्त दक्ष जनशक्तिले स्वदेश वा विदेश राम्रो आयआर्जन र स्वरोजगार बन्नसक्ने धारणा राख्नुभयो ।

विसं २०७७ मा स्थापना भएको नाथम बर्दिबास शाखाले र २०७९ सालदेखि स्नातक विषयको पठनपाठनका साथै अभ्यास गराउँदै आएको शाखा प्रमुख मल्लिकले जानकारी दिनुभयो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल