माछापुच्छ्रे बैंक लिमिटेडको संचालक पदका लागी उम्मेदवारी दिनेमा बिनोदकुमार सिंह पनि

माछापुच्छ्रे बैंक लिमिटेडको आगामी पौष २८ गते आईतबारका दिन हुने वार्षिक साधारण सभामा ३ जना पब्लिक संचालकको निर्वाचनको कार्यक्रम रहेको छ । आज पौष १९ गते सम्पन्न मनोनयन दर्ता कार्यक्रममा ४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएकाहरुमा बिगत ८ बर्ष देखि संचालक रहेका जयमुकुन्द खनाल, धितोपत्र बोर्डको वर्तमान अध्यक्षका भाई सुनिलनारायण श्रेष्ठ, के.सी. समूहका सदस्य श्रीमती मनिषा भण्डारी के.सी. र अर्का उम्मेदवार माछापुच्छ्रे बैंकमा बिगत १८ बर्षदेखि बिभिन्न विभाग र शाखामा व्यवस्थापकीय श्रेणीमा अनवरत रुपमा कार्यरत रही २०७७ साल मंसीरमा ५८ बर्षको उमेर हदका कारणले अनिबार्य अबकाश पाएका बिनोदकुमार सिंह (बिनोदसिंह भण्डारी) छन् ।

सिंह माछापुच्छ्रे बैंकको बिकासमा उत्कृष्ठ योगदान पुर्याएको मध्येका एक मानिन्छन् । पोखरामा स्थापना भएको क्षेत्रिय बैंकलाई राष्ट्रिय स्तरको बैंक बनाउन उनको अहम भूमिका थियो । पुतलीसडकमा कर्पोरेट कार्यालयको स्थापना देखि लाजिम्पाट स्थित बैकको हालको कर्पोरेट कार्यालय एम.बि.एल टावरको स्थापनामा उनको योगदान रहेको छ । स्टयाण्डर्ड फाईनान्स मर्जर अघि निज सिंह कै नेतृत्वमा देश भरी बैंकको शाखा संजाल विस्तार भएको हो । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सेवालाई विस्तारित गर्न सार्वजनिक बिदाको दिनमा समेत ३६५ दिने बंैकिङ्ग सेवा, Evening Counter Service, Morning Time Banking  का साथै देशको कुनाकुनामा पुगेको बैंकको एटिएम सेवाको बिस्तारमा निज सिंहको उल्लेखनीय योगदान रहेको बुझिएको छ ।

माछापुच्छ्रे बैंकमा नियुक्ति हुनु अघि निज सिंहले नेपाल टेलिभिजनको विभिन्न विभागीय प्रमुखको रुपमा १२ वर्ष काम गरेको अनुभव छ । यसका अतिरिक्त उनीसंग स्टक एक्सचेन्ज र कर्मचारी सञ्चयकोष जस्ता ठूला आर्थिक संस्थाहरुमा समेत काम गरेको अनुभव छ । संचालक पदका उम्मेदवार सिंह वरिष्ठ बैंकर तथा अर्थविद् राजनसिंह भण्डारीका नाता पर्ने हुन् ।

बंैकले आफनो आर्थिक अवस्था सुदृढ पार्न र शाखा कार्यालयहरुको स्थायित्वका लागी पोखराको महेन्द्रपूल, तनहुँको दमाली, बाग्लुङ्गको बाग्लुङ्ग बजार, जोमसोमको जोमसोम बजारमा आफनै स्वामित्वको जग्गामा शाखा संरचना निर्माण गरिएको थियो भने भैरहवाको देवकोटा चोकमा बंैकको लागी जग्गा खरीद गरिएको थियो जहाँ हालसालै नयाँ भवन निर्माण गरी भैरहवा शाखा कार्यालय स्थानान्तरण गरिएको छ । काठमाण्डौको थापाथलीमा समेत कर्पोरेट कार्यालयका लागी जग्गाको ब्यवस्थापन गरिएको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    इराकमार्फत इरानले ब्यापार गर्दै

    काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 82 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल