माथिल्लो मनाङमा यार्तुङको रौनक

मनाङ, २६ असार : हिमाली जिल्ला मनाङमा यार्तुङ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यो पर्व विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत मनाउने गरिन्छ ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यार्तुङ पर्व मनाइन्छ । माथिल्लो मनाङमा चार दिनसम्म मनाउने गरिएकामा यार्तुङ विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित ६ दिन मनाइने भएको छ । टङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, टङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा यार्तुङ मनाउने तयारी गरिएको छ ।

विशेषगरी लामाले नाचेर यो पर्व मनाउने गरिन्छ । बसाइसराइका कारण माथिल्लो मनाङमा मात्रै यार्तुङ मनाउने गरिएको छ । यो पर्व पाँच दिन मनाउने चलन छ । यस पर्वलाई उत्साहपूर्वक मनाउने चलन रहेको स्थानीय बताउँछन् । घोडा जात्रा हो, मनाङ ङिस्याङ सबैले खेती रोपिसकेपछि मनाउने गर्छन्, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो– “घोडालाई भगवानको रुपमा नै पुजिन्छ, गाउँमा पहिला घोडा पालिन्थ्यो, खेतीपाती लगाउने याम सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रुपमा पुजिने गरिन्छ ।”

वर्षायाममा रोग व्याधिबाट जोगाउनु नै यार्तुङ पर्वको महत्व तथा विशेषता मानिने गुरुङले बताउनुभयो । यो पर्व मनाउने चलनले यहाँ आउने पर्यटकलाई समेत आकर्षण गर्ने गरेको उहाँले बताउनुभयो । यार्तुङ पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्था जोगाउन टेवा पुगेको स्थानीय बताउँछन् । यार्तुङको माध्यमबाट एकापसमा सामाजिक सद्भाव बढ्ने गुरुङ बताउनुहुन्छ । मनाङ गाउँबाट मनाउन थालेपछि मात्रै अन्य ठाउँमा यार्तुङ मनाउने चलन छ ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले रोगव्याधि नलागोस् भनेर जिजुबाजेले मनाउँदै आएको परम्परागत धार्मिक विश्वासलाई निरन्तरता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलाको तुलनामा यार्तुङमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता भने दिइरहेका छौँ ।”
यार्तुङ पर्वप्रति पर्यटकको आकर्षण बढ्दो छ । त्यसैले यार्तुङ पर्व संरक्षण तथा निरन्तता दिनुपर्ने पर्यटन व्यवसायी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्छ ।” यहाँको संस्कृति अध्ययन तथा प्रवद्र्धनमा यहीका स्थानीयको दायित्व भएको उहाँको बुझाइ छ ।

बर्सेनि मनाङमा घोडा घट्दै गएको स्थानीयको भनाइ छ । विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उहाँले बताउनुभयो । “पहिले घर–घरमा दुई÷तीन घोडा पालिन्थ्यो, हरेक सामान ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो”, उहाँले भन्नुभयो ।

सडक नपुगेको अझै पनि घोडा नै प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमिमा सडक पुगेको छैन । सडक पुगेका स्थानमा घोडा पाल्न छाडिएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला भञ्ज्याङ जान चाहने पर्यटकलाई पु¥याउन घोडाको नै प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पु¥याउने गरिएको छ ।

हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्य सवारीसाधन घोडा नै हो । सामग्री ढुवानी तथा आवतजावतका लागि स्थानीयले घोडाको प्रयोग गर्ने गर्छन् । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग गर्दै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेञ्जिङ लामाले बताउनुभयो ।

यहाँ स्थानीय मुख्य सवारीसाधन नै घोडा हो । सडक पुगेको क्षेत्रमा घोडा पाल्ने चलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाको नै सहयोग चाहिन्छ । नार्पाभूमिवासी बिरामी परेमा वा सामग्री ढुवानी गर्नुपर्ने भएमा घोडाको प्रयोग गर्ने गर्दछन् । जोखिम बिरामी भएमा यहाँका स्थानीयलाई उपचारको पहुँचमा पु¥याउन हेलिकप्टर चार्टड गर्नुपर्ने हुन्छ भने सामान्य उपचारको पहुँचमा पु¥याउन घोडा प्रयोग गरिन्छ । अन्य जिल्लामा धान रोपाइँको चटारो परेको अवस्थामा मनाङमा धानखेती हुँदैन । यहाँ आलु, फापर, जौ, कोलो बोडी, करु लगायतका बाली लगाइन्छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि