युवाको सारथी बन्दै पोखरा महानगरपालिका

गण्डकी, २६ असार : रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा लक्षित विभिन्न तालिमबाट हालसम्म चार सय युवा लाभान्वित बनेका महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुुभयो । केन्द्रकै आयोजनामा हालै विभिन्न तालिम सम्पन्न भएको जानकारी दिँदै उहाँले त्यस अन्तर्गत एक महिने डिजिटल मार्केटिङ तालिममा ४० जना सहभागी भएकामा ६ जनाले रोजगारी समेत पाएको बताउनुुभयो ।

महानगरबाट सञ्चालित ३६ दिने जुनियर ब्यूटिसियन तालिम २० जनाले लिएका छन् भने बारिस्ता कफी बनाउने तालिम ४० जनाले लिएका छन् । त्यस्तै कन्या क्याम्पस नदीपुरमा अध्ययनरत स्नातक तह प्रथम वर्षका २५ विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत गुडिया तथा झोला बनाउने तालिम प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुुभयो । केन्द्रले २० जनालाई डेरी तथा मिठाइ बनाउने तालिम प्रदान गरेको छ भने बुटिक तालिम २० जनालाई दिइएको छ ।

मन्टेश्वरीमा तालिम प्राप्त २० जनामध्ये ६ जनाले रोजगार पाएका छन् । केन्द्रकै आयोजनामा पहिलो चरणमा कुक, हाते ट्याक्टर तथा मोटरसाइकल मर्मत, सामुदायिक पशु सहायकगायत उद्यमशीलता अभिवृद्धिका विभिन्न तालिम प्रदान गरिएको छ । केन्द्रले अघिल्लो आर्थिक वर्षसहित हालसम्म क्षमतामूलक र सीपमूलक गरी एक हजार चार सय जनालाई तालिम प्रदान गरेको छ । व्यवसाय गर्न चाहने दुई सय उद्यमीलाई बीउ पुँजीका रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गरिएको कार्यकारी अधिकृत अधिकारीले बताउनुुभयो ।

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 58 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 22 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 37 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 29 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 28 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 32 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची