मिल्टन आँधीले अमेरिकामा २० लाख घरहरूमा बिजुली अवरुद्ध

काठमाडौँ । मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा स्थिति नाजुक बनेको छ ।

बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् ।

उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी रहेको प्रकोप हेर्ने अमेरिकी निकायले जानकारी दिएका छन् ।

आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र तीव्र हावाका कारण फ्लोरिडाका २० लाखभन्दा बढी घर र पसलहरू विद्युतविहीन छन्।

आँधी तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो । यद्यपि, तीमध्ये अधिकांश अस्थायी घरहरू थिए।

स्थानीय समयअनुसार बिहीबार बिहान ३५ जना मानिसलाई पानीको बहावबाट उद्धार गर्नुपरेको थियो । केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीका कारण पानी विषाक्त भएको भन्दै यसबाट बच्न सरकारी अधिकारीहरूले सचेत गराएका छन् ।

‘यसबाट बच्न बाहिर निस्कनुहुँदैन, कृपया यसबाट बच्न यो पानीसँग जोगिनुहोस्’ सरकारी अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन् ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 25 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 75 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 55 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा