विष्णुप्रसाद तिमिल्सिना
काठमाडौँ, ९ भदौ । काठमाडौँ महानगरपालिका वडा नं. ७ कुमारीगालस्थित मैजुकुमारी तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । शहिद स्मृति सामुदायिक भवनको परिसरमा आयोजित एक कार्यक्रमबिच उक्त ग्रडिङ कार्यक्रम सम्पन्न भएको हो ।



ग्रेडिङ कार्यक्रममा उक्त डोजाङमा प्रशिक्षणरत विभिन्न बालबालिकाहरूले आफ्नो काटासहितको प्रस्तुती राखेका थिए । 
खेलाडीहरुलाई हौसला प्रदान गर्न कार्यक्रममा राष्ट्रिय टिम प्रशिक्षक सञ्जीवकुमार ओझा, तेक्वोन्दो जिल्ला कार्य समिति सदस्य सोलुखुम्बुका अध्यक्ष तथा प्रशिक्षक न्वावाङ लामा, राष्ट्रिय खेला तथा प्रशिक्षकद्वय छुल्टिम लामा र सोनाम तामाङ, अन्तर्राष्ट्रिय खेलाडी प्रदीप कँडेलको सहभागि रहेको थियो । त्यस्तै, कार्यक्रममा सामुदायिक सेवा समाजकी वरिष्ठ उपाध्यक्ष विनु क्षेत्री, कोषाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, मैजुबहाल तेक्वान्दो डोजाङ प्रमुख नोर्बु मोक्तान लगायतको उपस्थितिले कार्यक्रम थप शोभामय बनेको थियो ।
स्थानीय बालबालिकाहृलाई खेलप्रतिको झुकाव राख्दै सिर्जनात्मक तथा व्यक्तित्व विकासका क्षेत्रमा लागि परुँन् भन्ने उद्देश्यका साथ विगत केही वर्षदेखि सञ्चालन भैरहेको उक्त डोजाङमा करीब ८० जना बालबालिकाहृरूले प्रशिक्षण लिइरहेका प्रशिक्षक प्रविन मगरले बताउनुभयो ।
साुदायिक सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शिवराम अर्यालले स्थानीय बालबालिकाहृलाई खेलकुदमार्फत शारीरिक स्फूर्ति बढाउने कार्यमा मैजुबहाल तेक्वान्दो डोजाङले उल्लेख्य कार्य गर्दै आइरहेको बताउँदै आगामी दिनहरूमा अझै सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।







