म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार

म्याग्दी । केही वर्ष अघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहर बजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ ।

सहर बजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मंगला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेस्की दिएर जान थालेका मालिका गाउँपालिका-२ का किसान रणबहादुर शिर्पालीले बताए ।

मालिका गाउँपालिका-६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताए । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उनले बताए ।

“सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, सात-आठ मुरी जति कोदो फल्ने अनुमान छ”, धवलागिरि गाउँपालिका-२ की शोभा पुनले भनिन् ।

पोषण विज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्त्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने उनले बताए । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ ।

  • Related Posts

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    • April 22, 2026
    • 98 views
    प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ-

    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 22, 2026
    • 14 views
    ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 134 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 39 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 40 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 37 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा