स्पोर्टिङको मैदानमा भएको खेलमा सिटीले गोलको वर्षा गर्‍यो । पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो ।

सिटीका लागि बर्नार्डो शिल्भाले १७औं र ४४औं मिनेटमा गोल गरे । रियाद माहारेजले सातौं, फिल फोडेनले ३२औं र रहिम स्ट्रलिङले ५८औं मिनेटमा गोल गरे ।

बर्नार्डो शिल्भाले ५०औं मिनेटमा गरेको गोलललाई भने भिएरले मान्यता दिएन ।