यंःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौँ । भाद्र २१ गते राती भोटाहिटी ल्याएर राखिएको यःसिंलाई बुधबार कायाअष्टमिका दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ ।

यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमान ढोका कागेश्वर मन्दिर नजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिएको छ । यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग पनि सहभागी भएका थिए ।

एकादशीका दिन चसांद्व टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्नेछन् । यसलाई ‘वलः घायेगु’ भनिन्छ । ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ । यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकालन माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ ।

भदौ ३० गते आइतबार, द्वादशीका दिन बिहानी ८ बजेर २६ मिनेटको साइतमा यःसिं उठाइन्छ । यस कार्यमा पनि न्हय्सः नायः, चसाँद्व टोलका मानन्धरहरू अनिवार्य रूपमा उपस्थित हुनु पर्ने चलन छ । यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसके पछि त्यसको माथिबाट ध्वजा फहराइन्छ । जसलाई ‘हलिंपताः’ भनिन्छ । यसमा इन्द्रसँग सम्बन्धित चिन्ह अंकित हुन्छन् । यो काम दैसाः टोलका मानन्धरहरूले गर्छन् ।

यस वर्ष भाद्र २० गते, शुक्ल दुतिया (द्वितिया, यंलाथ्व २) को दिन बिहान १० बजेर ३२ मिनेटको साइत गरेर यःसिं लिन वन यात्रा सुरु भएको थियो । यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बन्चरो) र वहःपा (चाँदीको बन्चरो) ले सांकेतिक रूपमा रुखमा घाउ लगाउने चलन छ । यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो ।

वृक्षकर्तनको भोलिपल्ट मानन्धर समुदायका व्यक्तिहरूले यंःसि तानेर भोटाहिटी ल्याएका थिए । यहाँ तँलाछीका मानन्धरहरूले यंःसिको स्वागत गरेका थिए । यसपछिका ४ दिन यःसिंलाई भोटाहिटीमा ढुंगाको मन्दः (मण्डला) को सिरानीमा सुताएर राख्ने गरिएको छ । सडक कालोपत्रे गर्दा हराएको मण्डलालाई अहिले पुनः स्थापना गरिएको छ । यस बेला श्रद्धालुहरू यंःसिको पूजाआजा गर्ने गर्छन् । यसरी राखिएको यंःसि कुल्चेर वा नाघेर जानु हुँदैन । भोटाहिटीको यो ठाउँ मल्लकालमा नगरको बाहिरी भाग थियो । नगर प्रवेशका लागि यहाँ एउटा ढोका पनि राखिएको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल