यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ जेष्ठ । हज मुस्लिम समुदाय को पाँच फर्ज मध्ये एक फर्ज मा पर्छ । यो हरेक वर्ष मुस्लिम दिदी बहिनी दाजु भाई हरुले गर्ने गर्द छन।हज गने मुस्लिम श्रद्धालु हरु ले पवित्र हज यात्रामा सहभागी हुने गर्दछन। हज भने को हुने खाने र सक्क्षम मुस्लिमहरु माथी फर्ज छ ।

विश्व भरी का मुस्लिमहरु ले साउदी अरेबिया को मक्का मदिना मा करोडौं संख्या मा मुस्लिम समुदाय का ब्यक्तिहरु हज गर्ने जाने गर्द छन। यो वर्ष नेपाल बाट १ हजर १ सय ७१ जन हाजीहरु ले हज गर्न मक्का मदिना गइरहे का छन । यो वर्ष नेपाल बाट जानलागेका हाजी हरु लाई बिदाई गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम ले १ सय ४० जना हाजीहारु लाई बिदाई गनु भएको छ ।

मुस्लिम धर्मावलम्बीहरू सँग भेट गरी हार्दिक शुभकामना व्यक्त गरियो । उहाँहरूको पवित्र हज यात्रा सफल, सुरक्षित र फलदायी होस् भन्ने कामना गर्दछु पनि गर्नु भयो। समस्त हाजीहरु को अल्लह रबुलइजतले हज कबुल गरून् प्राथना समेत गर्नु भएको छ।साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने मुस्लिम हज यात्रीहरु लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर हाजीहरु लाई फुल माला र गमछा लगाई बिदाई गर्नु भएको छ ।मक्का मदिना मा गइ हाजिहरुले विशेष प्रकारको नमाजर प्राथना गर्न आग्रह गर्नु भयो।

नेपाली मुस्लिम दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफुले आज विमानस्थलमै पुगेर उहाँहरुलाई बिदाई गरेको उप प्रमुख इम्तियाज आलम ले बताउनुभयो ।उहाँले भन्नुभयो, “हजका लागि जाने ‘हाजी’ हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर उहाँहरुको तिर्थ यात्रा , आस्था र मानवता प्रति प्रेरणादायी बन्न सकोस् भन्ने कामना गर्दछु भनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हज यात्रुहरूलाई सफल यात्रा, धार्मिक आस्था र मानवताको प्रेरणादायी सन्देश लिएर फर्किन शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

व्यक्तिगत रुपमा खादा र मालाले सम्मान गर्नु भएपछि हज यात्रीहरूले भावुक हुँदै धन्यवाद व्यक्त गरेका थिए । मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षै पिच्छे हजका लागि करोडौं हजयात्रीहरू जाने गर्छन् । देशैभरि छरिएर रहेका मुस्लिम नेपालीहरुलाई जिल्ला स्तरीय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गरेर पठाएपछि केन्द्रिय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था गर्ने गर्द छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरु आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् ।उक्त बिदाई कार्यक्रम मा बिरगंज महानगर पालिका वडा नं.२ का वडा अध्यक्ष रेयाज मिया नेपाली कांग्रेस वडा नं.२ का बुथ सभापति फिरोज आलम लगायत का बेक्तित्वहरु को सहभागीता रहेको उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी गराउनु भयो।

  • Bishnu Timalsina

    Related Posts

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 79 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 80 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 83 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 108 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 93 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 96 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-