वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाको भोजपुरी प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत शुक्रबार कन्या माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेशमा भोजपुरी भाषाको प्रचलन र यसको महत्वको बारेमा प्रकाश पार्दै सबैलाई आफ्नो मातृभाषाको विकासमा योगदान पुर्याउन आह्वान गरे। उनले भाषा भनेको के हो, यसको अवस्था र विकासका उपायहरूको बारेमा विद्यालयका कक्षाका विद्यार्थीहरूसँग छलफल गरे।

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्व र यसलाई संरक्षण गर्ने उपायहरूको बारेमा जानकारी दिए। उनले विद्यार्थीहरूलाई चित्र कोर्ने सजिलो उपायहरूको बारेमा प्रयोगात्मक जानकारी प्रदान गरे। कवि र गीतकार आमोद गुप्ताले भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्वको सन्देश दिए। उनले आफैले लेखेका कविता पनि वाचन गरे र भोजपुरी तथा अन्य कविता लेखनका लागि आवश्यक जानकारी प्रदान गरे।

कार्यक्रममा श्याम सर्राफले मातृभाषाको प्रयोगमा लाज नगरी यसको सकारात्मक पक्षलाई आत्मसात गर्न आग्रह गरे। उनले विरासतमा प्राप्त लोक धुन र लोक गीतहरूको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन माधुरी महतोले गरेकी थिइन्। कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। भोजपुरी प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

  • Bishnu Timalsina

    Related Posts

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं…

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 79 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 80 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 83 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 108 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 93 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 96 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-