काठमाडौंको भृकुटीमण्डपमा २४ सेप्टेम्बर २०२१ मा एमटी-१५ बीएस ०६ लन्च गरिएको थियो । जहाँ एकैदिनमा दुई सय भन्दा बढी बाइक बिक्री तथा डेलिलिभरी गरिएको कम्पनीले जनाएको छ । त्यसयता एमटी-१५ को माग निरन्तर बढिरहेको कम्पनीको भनाइ छ । यस्तो अत्यधिक माग एमएडब्ल्यूका लागि अप्रत्याशित थियो । र यसका लागि जति समय लागे पनि पर्खिने इच्छा व्यक्त गरेपछि नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज वास्तवमै अचम्म भएको कम्पनीको भनाइ छ ।

स्पोर्टस बाइकको दुनियाँमा यामाहा सदैब लोकप्रिय रहँदै आएको कम्पनीको भनाइ छ । सुरुवाती दिनहरूदेखि नै आफ्नो पहिलो ‘एमटी–०१’ सँगै यामाहाले विश्वव्यापी प्रशंसा बटुल्दै आइरहेको छ । ‘एमटी’ यानिकि मास्टर अफ टोर्क जो ‘वाइल्ड डि जाइन’ र ‘र टोर्क’ को समि श्रण हो, एमटीका लागि नेपालमा यो बढ्दो क्रेज नयाँ भने होइन । विश्वमै न्याकेड बाइकको बजारमा एमटीले ठूलो चर्चा पाउँदै आएको कम्पनीको भनाइ छ ।

एमटी -१५, ‘प्योर व्रीड हाइपर नेकेड’ बाइक हो, जो एमटी स्टेबलबाट सबैभन्दा गतिशील र कम वजन भएको बाइक हो । एमटी -१५, यसको टोर्क र एजिलिटीको ब्यालेन्स पोस्चर र सिंगल च्यानल एबीएसका लागि प्रख्यात छ । यस हाइपर नेकेड बाइकले राइडरले खोजेको रोमाञ्चकता मात्र प्रदान नगरेर राइडरमा एक प्रकारको आत्मविश्वास समेत जगाउँदछ ।

यामाहाको यस नेकेड एमटी -१५ १५५ सीसी पहिलेदेखि नै बलियो थियो, अब बीएस-०६ कम्प्लायन्ट इन्जिनको साथ कयौ‌ं बिशेषताहरूसँग ल्याइएको छ । विशिष्ट ‘इसियू मोडल’, सक्रिय प्रवेगका लागि ‘भीभीए इन्जिन’, सहरमा छिट्टो राइडिङका लागि ‘अप्टिमाइज्ड सेकेन्डरी रिडक्सन गियर रेसियो’, सहज गियर सिफ्टका लागि ‘एएस क्लच’, मोटार्ड जस्तो राइडिङ पोजिसन जसले राइडरलाई अत्यधिक सहजताको प्रत्याभतू गराउँदछ, उत्कृष्ट स्टपिङ पावरका लागि सिंगल च्यानल एबीएससहितको २८२ एमएम फ्रन्ट डिस्क जस्ता उत्कृष्ट बिशषेताहरूले एमटीमा थप आकर्षण थपेको छ।