युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने

अज्ञात (युक्रेन) । युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । 

युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले पठाएको आदेशअनुसार उभियो, झुक्यो, दौडियो र कुद्यो ।

यसका निर्माताहरूका अनुसार गुपचुप रहने र फुर्तिला यी कुकुरहरू रुसी आक्रमणलाई पछाडि धकेल्न जनशक्तिको अभाव भएको युक्रेनी सेनाका लागि अग्रपङ्क्तिमा अमूल्य सहयोगी बन्न सक्छन् ।

जमिनमा तल पत्ता लगाउन मुस्किल हुनाले रोबोट कुकुरले थर्मल इमेजिङ प्रयोग गरेर शत्रुका खाडलहरू वा युद्ध क्षेत्रमा भवनहरूभित्र निरीक्षण गर्न सक्छन् । 

“हामीसँग निगरानी सैनिक छन् जसलाई सर्वेक्षण मिसनमा पठाइन्छ, उनीहरू प्रायः धेरै उच्च प्रशिक्षित हुन्छन्, अत्यन्त अनुभवी मानिस सधैँ जोखिममा हुन्छन्”, सैन्य उपकरण उपलब्ध गराउने बेलायती कम्पनीमा काम गर्ने तथा आफूलाई ‘युरी’ बताउने अपरेटरले भने, “यी कुकुरहरूले सैनिकहरूका लागि जोखिमलाई सीमित गर्दछन् र परिचालन क्षमतालाई बढाउँछन्, यो कुकुरको प्रमुख कार्य हो ।”

‘ब्याड टु’ का रूपमा चिनिने अर्को उन्नत मोडललाई सुरक्षाका कारण देखाउन सकिएन । प्रदर्शनमा प्रयोग गरिएको उपकरणमा भएको बेट्रीले यसलाई दुई घण्टासम्म चलाउन सक्छ । 

बारुदी सुरुङ वा तात्कालिक विस्फोटक उपकरणहरू पत्ता लगाउन उपयोगी यी रोबोट कुकुरलाई सात किलोसम्मको गोला बारुद वा औषधिहरू युद्धको मैदानमा तातो स्थानहरूमा लैजान पनि प्रयोग गर्न सकिन्छ । 

“हामीले युक्रेनमा कति यस्ता कुकुरलाई तैनाथ गर्यौँ म भन्न सक्तिनँ”, युरीले भने, “तर यसले अपरेसनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ र सैनिकहरूको सुरक्षामा वृद्धि गर्नेछ ।”

उनका अनुसार यदि रोबोट कुकुर रुसीको हातमा पर्‍यो भने आपत्कालीन स्वीचले अपरेटरलाई यसका सबै तथ्याङ्क मेटाउन अनुमति दिनेछ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 16 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 30 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि