फेरदान टोरेसले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा खेल बराबरी गर्न सफल भएको हो ।
१८ वर्षपछि पहिलो पटक युरोपा कप खेलिरहेको बार्सिलोना पहिलो हाफमा पछि परेको थियो । पिओटर जेलिन्स्कीले २९औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा भिएआरको सहायताबाट पाएको पेनाल्टीमा फेरानले ५९औं मिनेटमा गोल गरे । खेलमा फेरान टोरेसले गोल गर्ने अरु अवसर पनि पाएका थिए तर फिनिस गर्न सकेनन् ।
बराबरी गोल फर्काएपछि बार्सिलोनाले राम्रो प्रदर्शन गरेपनि गोल थप्न सकेन ।
युरोपियन च्याम्पियन्स लिगको समूह चरण पार गर्न नसकेपछि बार्सिलोनाले युरोपा लिग खेल्नुपरेको हो ।
बार्सिलोना र नापोलीबीचको दोस्रो लिगको खेल फेब्रुअरी २४ मा इटलीमा हुनेछ ।







