रसुवा सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत

काठमाडौँ । सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार २ जेठ २०८२ सम्म सक्ने गरी ठेक्का लागेकोमा तोकिएको समयमा निर्माण कार्य सक्ने गरी काम भइरहेको छ ।

रसुवामा ५० हजार ९ सय वर्गमिटर क्षेत्रफलमा सुक्खा बन्दरगाह बन्दै छ । यस सुक्खा बन्दरगाहमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेसन सेड, क्यान्टिन, प्रशासनिक भवन र ३ सय सवारी अट्ने पार्किङ लगायत भौतिक संरचना निर्माण भइरहेको समितिले जनाएको छ ।

अहिलेसम्म सुक्खा बन्दरगाहको ६५ प्रतिशत काम सम्पन्न भएको समितिको भनाइ छ । अहिले भोटेकोसी खोलातर्फ र सडकतर्फ रिटेनिङ वाल निर्माण काम सम्पन्न भइसकेको इन्टरमोडलले जनाएको छ ।

सडकको काम ९० प्रतिशत सकिएको छ । समिति विवरण अनुसार कार्गो गोदाम, लिटिगेसन गोदाम र इन्सपेक्सन सेडको निर्माण समेत ९० प्रतिशत सकिएको छ । प्रशासनिक भवन निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।

भवनमा विद्युतीय जडान, सेनेटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको छ । यो सुक्खा बन्दरगाह चीन सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण भएसँगै सञ्चालनमा आउने छ ।

चीनसँग सिमाना जोडिएको रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह बन्दै छ । यसले अन्तरदेशीय व्यापार सहजीकरणमा भूमिका खेल्ने बताइएको छ । आयोजनाको लागत १ अर्ब ५० करोड रुपैयाँ हो ।

यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकारबीच १६ अक्टुबर २०१४ मा सम्झौता भएको थियो । दुई देशबीच पूरक सम्झौता भने २ फागुन २०७९ मा भएको थियो ।

सुक्खा बन्दरगाह निर्माणका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । यो आयोजनाको शिलान्यास सन् २०१९ मा गरिएको हो । त्यसपछि कोभिड-१९ महामारी भोगेको आयोजनाको सम्पन्न हुने म्याद थप गरिँदै आइएको छ ।

यो बन्दरगाह निर्माण भएपछि नेपाल र चीन दुवैतर्फ मालसामान आयात-निर्यात सहज हुने र भन्सार बिन्दुमा अहिले हुने अप्ठ्यारो हट्ने अपेक्षा लिइएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 76 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 51 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल