राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ

बाँके । नेपालगञ्जमा खानेपानी समस्या समाधान गर्न सुरु गरिएको राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ भएको छ । 

आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माणको काम अगाडि बढाइएको थियो । आयोजना सुरु भएको सात वर्ष भए पनि कामले गति लिन सकेको छैन । अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए। 

बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो । कुल रु. ३३ करोडको लागतमा सम्पन्न हुने भनिएको आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगञ्जसम्म ‘डिआइ’ पाइप बिछ्याइएको छ ।

कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिए । पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र करिब १५ कठ्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ । खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ । पाइप लाइनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रिज’ निर्माण गरिएको छ ।

हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगञ्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिँदै आएको छ । उपमहानगरका अधिकांश स्थानमा पनि सर्वसाधारणले गाडेका हेण्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए। 

उनका अनुसार आयोजना सम्पन्न भएपछि नेपालगञ्जवासी खानेपानी समस्याबाट मुक्त हुनेछन् । आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ । सम्प वयलमा हाल दुई थान पम्प जडान गरिएको छ । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगञ्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगञ्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले राप्ती खानेपानी आयोजना सम्पन्न गर्न आफू नेतृत्वमा आएपछि आवश्यक सहजिकरण गर्दै आइरहेको बताए ।

“हामी उपमहानगरपालिकामा आइसकेपछि खानेपानी पाइप गाड्दा हुने क्षतिलाई कम गरेर भए पनि आवश्यक सहजीकरण गरेका छौँ”, उनले भने, “राप्ती खानेपानी आयोजना नेपालगञ्जवासीका लागि धेरै महत्त्वपूर्ण रहेकाले सबैले आवश्यक सहयोग गर्न लाग्नु पर्दछ ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 84 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल