रुसी तेल बेचेर भारतले १६ अर्ब डलर कमायो- अमेरिकी अर्थमन्त्री बेसान्ट

काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले भारतले रूसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाउने गरेको आरोप लगाएका छन् ।

बेसान्टको यो टिप्पणी यस्तो समयमा आएको हो जब ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशतको भन्सार कर लगाएको छ । यसमा रूसी तेलको खरिदमा थप २५ प्रतिशतको भन्सार कर पनि समावेश छ, जुन अगस्ट २७ देखि लागू हुनेछ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, समाचार च्यानल सीएनबीसीमा चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डको बारेमा सोधिएको प्रश्नको जवाफमा बेसान्टले रूस-युक्रेन युद्ध पछि, रूसबाट चीनको तेल आयात केवल ३ प्रतिशतले बढेको छ, जबकि भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको उनले बताएका थिए ।

उनले भने- ‘भारतले केवल नाफा कमाएको छ । यसले यसबाट १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ । भारतका केही धनी परिवारहरूले यसमा नाफा कमाएका छन् । युद्ध सुरु भएदेखि नै भारतको यो व्यापार चलिरहेको छ। यो पूर्ण रूपमा अस्वीकार्य छ ।’

उनले यदि ट्रम्प र पुटिन बीचको वार्तामा कुनै सहमति नभएमा, रूसी तेल खरिद गरेकोमा भारतमाथि थप प्रतिबन्ध लगाउन सकिने समेत बताए ।

भारतले शुल्क लगाउने अमेरिकी कदमलाई अनुचित भनेको छ र आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको लागि आवश्यक सबै कदम चाल्ने बताएको छ ।

पीटीआईका अनुसार, दुई देशहरू बीच अहिलेसम्म पाँच चरणको वार्ता भइसकेको छ, तर अमेरिकी टोलीले अगस्ट २५ बाट प्रस्ताव गरिएको छैटौं चरणको वार्ता रोकेको छ ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 77 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 113 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 44 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 48 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल