रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

कालो झोला ।

काठमाडौँ, १५ असार । रोटरी क्लव अफ काष्टमण्डप नेतृत्वमा औषधी उत्पादक एवं व्यवसायी शैलेश वैद्य आएका छन् ।

शनिबार काठमाडौँमा आयोजित रजत ईन्स्टलेशन समारोहमा नव नियुक्त अध्यक्ष वैद्यले (२०२६ – २०२७) को जिम्मेवारी सम्हालेका हुन् ।उनलाई डिस्ट्रिक्ट गर्भनर (२०२६-२०२७) विष्णुबहादुर कार्कीले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

यो संगै उनी रोटरी क्लव अफ काष्टमण्डपको २५ औँ प्रेसिडेन्ट बनेका छन् ।यस अघि रोटरी क्लव अफ काष्टमण्डपको नेतृत्वमा बरिष्ठ चिकित्सक डा. मनोहरलाल श्रेष्ठ थिए ।

जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसंग कुरा गर्दै वैद्यले स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताएका छन् ।

‘दन्त शिविर, आँखा शिविर मात्रै नभई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गर्ने कार्यक्रम पनि मेरो प्राथमिकतामा रहेको छ,’ वैद्यले अगाडी थपे, ‘हस्पिस नेपालसंग पनि हामीले नजिक रहेर काम गर्नेछौँ ।

’रोटरी क्लव अफ काष्टमण्डप आज भन्दा २५ वर्ष अघि स्थापित क्लव हो । यसका चार्टर प्रेसिडेन्ट गजेन्द बहादुर श्रेष्ठ हुन् ।संस्थाको रजत महोत्वस मनाउन रोटरीले पाष्ट प्रेसिडेन्ट प्रदीप कुमार श्रेष्ठ (पञ्चकन्या ग्रुप) को संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको थियो ।

यता क्यान्सरको औषधी उत्पादन गर्ने नेपालकै पहिलो फर्मास्युटिकल कम्पनी टिजिग फर्माका कार्यकारी निर्देशक समेत रहेका नव नियुक्त अध्यक्ष वैद्यले आफ्नो कार्यकालमा गरीव तथा विपन्न बिरामीलाई ५ लाख बराबरको औषधी छुट तथा नि:शुल्क रुपमा उपलव्ध गराउने घोषणा पनि गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, १५ असार । वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस असार १५, दही चिउरा खाने तथा धान रोपाइँ…

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १४ असार । वीरगंज महानगरपालिकालाई स्वच्छ र सुन्दर राख्न अहोरात्र खटिने सरसफाइकर्मी र फोहरमैला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बीच देखिएको गतिरोध अन्ततः समाधान भएको…

    पहिलो

    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    • June 29, 2026
    • 50 views
    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    • June 29, 2026
    • 23 views
    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    • June 28, 2026
    • 79 views
    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई निर्देशन-

    • June 28, 2026
    • 68 views
    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई  निर्देशन-

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 124 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 136 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-