ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

पाटन (ललितपुर), १६ साउनः गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले राससलाई जानकारी दिनुभयो ।

  • Related Posts

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता…

    देश विदेशका प्रमुख २० समाचार

    १- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 97 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 80 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 31 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 60 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 30 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो