लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

काठमाडौँ । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।

प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् ।

एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

एमाले सांसद गैरेले भारतले गलत दाबि गरेको भन्दै यो दाबि अत्यन्त डरलाग्दो भएको बताए । उनले नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितका भुमी नेपालकै रहेको पुष्टि हुने भन्दै यस विषयमा भारतको ध्यानकर्षण गराउनुपर्ने बताएका छन् । सांसद गैरेले भारतको अभिव्यक्ति र चीनसँगको सहमतिको सबै राजनीतिक दल र सांसदहरुले विरोध गर्नुपर्ने बताए ।

  • Related Posts

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    काठमाडौँ  । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।  आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची…

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 109 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 108 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 85 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 109 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 98 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-