लुम्बिनी विकास कोषका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा

रुपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा गरेका छन् । कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरूबाट भएको हातपात र अभद्र व्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरूले निन्दा व्यक्त गरेका हुन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्रियाशील दलहरूले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभाका सदस्यहरू सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गालीगलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट गरेको घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । दलहरूले जिल्ला प्रशासनलाई सत्य तथ्य पत्ता लगाई समस्या समाधान गर्न माग समेत गरेका छन् ।

‘विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित प्रसारित समाचार र भिडियो अनुसार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सदस्य सचिव सानुराजा शाक्यमाथि हातपात र लछारपछार गरिएको छ । यस सम्बन्धमा जिल्ला प्रशासनलाई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगर सभापति विन्दुराम यादव, नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर समितिका उपाध्यक्ष मञ्जु ढकाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र यादव,नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष सफिउरहमान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कोषाध्यक्ष हिन्दराज यादव, जसपा नगर उपाध्यक्ष हुसेनी लोध, जनमत पार्टी नगर सचिव बोजिउद्धिन मुसलमान र लोसपा नगर अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 88 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल