वायुसेनाको विमानमार्फत भारत लगियो २५ जनाको शव

काठमाडौं । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेकाे यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ ।

शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आँबुखैरेनी गाउँपालिका- २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।

बसमा यात्रु ४१ र चालक तथा सहचालक एकएक गरी ४३ जना सवार थिए ।

  • Related Posts

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    काठमाडौँ । फ्रान्सेली अनुसन्धान एजेन्सीहरूले एलन मस्कलाई पेरिसमा सोधपुछको लागि बोलाएको छ । यो मुद्दा बाल दुर्व्यवहार र उनको कम्पनी, एक्समा डिपफेक सामग्री फैलाएको आरोपसँग सम्बन्धित छ । अनुसन्धान जनवरी…

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ ।  भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा…

    पहिलो

    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    • April 21, 2026
    • 71 views
    पर्सा मा गाँजा सहित ४ जना भारतीय पक्राउ-

    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    • April 21, 2026
    • 22 views
    एलन मस्कलाई फ्रान्सले सोधपुछको लागि बोलायो

    वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीति

    • April 21, 2026
    • 24 views

    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    • April 21, 2026
    • 23 views
    ९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    • April 21, 2026
    • 21 views
    इराकबाहेक सबै देशका लागि खुला भयो श्रम स्वीकृति

    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल

    • April 21, 2026
    • 22 views
    २०८३ बैशाख ८ गते मंगलबार: आजको राशिफल