विनोद भण्डारीले जारी पीएम कपमा १८९ रनको शतकीय पारी खेलेका छन् ।
सोमबार कोशी प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबका लागि उत्कृष्ट ब्याटिंग गर्दै भण्डारीले १५० बलमा २१ चौका र ५ छक्का प्रहार गर्दै १८९ रन बनाएका हुन् । जारी पीएम कपमा यो दोस्रो शतक हो । भण्डारीले अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध १०० रनको शतकीय पारी खेलेका थिए । आर्मी क्लबले कोशीविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउदै ३६२ रन बनाएको छ । आर्मीका लागि भीम सार्कीले ८० रन बनाएका थिए भने तृतराज दासले ३३ रन बनाएका थिए ।
त्यस्तै कोशी प्रदेशका बलर विपिन महतोले ३ विकेट लिएका थिए भने दिपेश कँडेल, रोहण शाह र आशिष मगरले एक एक विकेट लिएका थिए ।







