विपद् सामनाका लागि विश्व बैंकले २० अर्ब सहयोग दिने

काठमाडौँ । विपद् सामनाका लागि विश्व बैंकबाट २० अर्ब रुपैयाँ ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् ।

प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो । यो सहयोगले नेपाललाई संकटको समयका लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्ने छ ।

प्राकृतिक प्रभाव, अन्तर्राष्ट्रिय समुदायको गतिविधिको कारणले जनवायु परिवर्तनबाट निम्तिएको जोखिम, शिक्षा, स्वास्थ्य क्षेत्रमा आउने आपत्कालीन अवस्थामा विश्व बैंकले सहुलियत प्रकारको उक्त ऋण दिने गर्छ । सोही क्रममा विश्व बैंकले नेपाललाई पनि उक्त ऋण दिन लागेको हो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 42 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 88 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 62 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 95 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 83 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 139 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-