वीरगंजका तीन वडामा वर्षौँ देखिको डुबान समस्या समाधान, स्थानीयले पाए राहत-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १६ माघ । वर्षाको पानी निकास नहुँदा बिगत दुई वर्ष देखि डुबानको सास्ती खेप्दै आएका वीरगंज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन् ।

महानगरको वडा नं. १७, २४ र २६ मा वर्षातका बेला हुने डुबानको समस्यालाई महानगरले योजनाबद्ध रूपमा समाधान गरे पछि स्थानीय बासिन्दामा खुसीयाली छाएको हो ।

यी क्षेत्रहरूमा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला र पाइपलाइनको अभावले हरेक वर्ष बस्तीहरू जलमग्न हुने गरेका थिए । करिब हजारौं विगहा खेती डुबानमा रहेको कारण विगत दुई वर्ष देखि कुनै पनि बाली स्थानीय किसानहरुको घरमा नगएको ले अब आउने समयमा यो समस्या नहुने बताएका छन् ।

सडक र घर-आँगनमा समेत पानी जम्ने, घरभित्रै पानी पस्ने र आवतजावत ठप्प हुने समस्याले दैनिक जन जीवन कष्टकर बन्दै आएको थियो । समस्या समाधानका लागि यस अघि पनि पटक-पटक प्रयास भए तापनि स्थानीय स्तरमा कुरा नमिल्दा र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुन सकेको थिएन ।

यसपटक महानगर प्रमुख राजेशमान सिंहले विशेष सक्रियता देखाउँदै प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख र सम्बन्धित सरोकारवालाहरूलाई राखेर निकासको गाँठो फुकाउन पहल गर्नु भएको थियो । स्थानीय बासिन्दा सँगको निरन्तर संवाद र समन्वय पछि अवरुद्ध निकास खोल्न सहमति जुटेको हो ।

महानगरको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य बिन्दुहरूको पहिचान गरे पछि त्यहाँ ठूला ह्युम पाइप (ड्रेनेज पाइप) जडान गरी संरचनागत सुधार गरिएको छ ।

हाल जडान गरिएका नयाँ संरचनाका कारण वर्षौँ देखि जमेर बस्ने पानी सहजै बाहिर निस्कन थालेको छ । स्थानीय बासिन्दाले लामो समय देखिको पीडा अन्त्य भएकोमा महानगरको पहल प्रति आभार प्रकट गर्दै अब वर्षायाममा ढुक्कले बस्न पाउने विश्वास व्यक्त गरेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यो सफलतालाई शहरी व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा लिनु भएको छ । उहाँका अनुसार महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पनि पहिचान गरी क्रमशः निकासको काम अघि बढाउने छ ।

साथै, निर्मित संरचनाहरूको नियमित अनुगमन, मर्मत र सरसफाइलाई प्राथमिकतामा राखेर शहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य महानगरले लिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 62 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 125 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 54 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views