वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-३ घर भएका २६ वर्षीय विश्व ठकुरी भन्ने विश्व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका-९ बस्ने उदयपुर त्रियुगा नगरपालिका-१२ घर भएका ४४ वर्षीय अर्जुन कुमार निरौला, काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका-७ बस्ने पाँचथर फिदिम नगरपालिका-१२ घर भएका ३८ वर्षीय पूर्ण बहादुर तुम्ब्रोक र ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने काभ्रे पनौती नगरपालिका-१२ घर भएका ४० वर्षीय राज कुमार खड्का रहेका छन् । 

पक्राउ मध्ये विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै ९ जना पीडितहरूबाट ५९ लाख ५० हजार रूपैयाँ, पूर्ण बहादुरले अष्ट्रिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ र राज कुमारले स्पेन पठाइदिन्छ भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विश्व, अर्जुन, प्रेम र पूर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट तथा राज कुमारलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो । 

पक्राउ मध्ये विश्व, अर्जुन र प्रेमलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा पूर्ण र राज कुमारलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

  • Related Posts

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    काठमाडौँ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् । जस अनुसार आर्थिक…

    पहिलो

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 21 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 32 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 185 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 51 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 48 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी 

    • May 23, 2026
    • 43 views
    मेजरलाई वेटर बनाएर चीनमा एलन मस्कको जासुसी