शिक्षक, कर्मचारी सरुवा सम्बन्धी मुद्दामा वीरगंज महानगरलाई सफलता, सरुवा बिरुद्ध सर्वोच्चमा दायर रिट खारेज-

दीपेन्द्र प्रजापति कालो झोला ।

वीरगंज, २६ श्रावण । शिक्षक तथा कर्मचारी सरुवाको विषयमा वीरगंज महानगरपालिकालाई विपक्षी बनाउँदै दायर भएको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको छ ।

स्थानीय तहमा कार्यरत शिक्षक तथा कर्मचारी सरुवाको अधिकार स्थानीय तहकै हुने भएकाले सरुवा रोकी पाउँ भन्दै दायर भएको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

गएको बैशाखमा महानगरपालिकाले महानगर भित्रका विद्यालय सहायक र विद्यालय सहयोगीहरुको सरुवा गरेको थियो ।

धेरै जसो विद्यालय कर्मचारीले सरुवाको पत्र बुझ्दै पठाएको ठाउँमा हाजिर भएको भए पनि आफुहरु महानगरले गरेको सरुवा नमान्ने भन्दै विद्यालय कर्मचारीहरु अनिल ठाकुर हजाम र पृथ्वी प्रसाद चौरसिया सर्वोच्चमा रिट दायर गर्न पुगेका थिए ।

कर्मचारीले माग गरे बमोजिम सरुवा यथास्थितिमा राख्न भन्दै गएको असार १२ गते अल्पकालिन अन्तरिम आदेस दिएको थियो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विद्यालयका शिक्षक तथा कर्मचारी सरुवा गर्ने अधिकार स्थानीय सरकारकै हुने आदेश गर्दै महानगर विरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

रिट खारेज भएसँगै स्थानीय तह अन्तर्गतका शिक्षक तथा कर्मचारी सरुवाका लागि नजिर नै कायम भएको छ । अबदेखि विद्यालयका शिक्षक तथा कर्मचारीले सरुवा सम्बन्धमा गर्ने किचलो अन्त्य भएको छ ।

  • Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 44 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 42 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 27 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 101 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 88 views