शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले अहिलेसम्म उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

शिक्षण अस्पतालले जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख छ। अस्पतालले मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको छ ।

अहिलेसम्म ४० करोड बीम बापतको रकम भुक्तानी गर्न बाँकी रहेको शिक्षण अस्पतालले जानकारी दिएको छ ।

सूचनामा भनिएको छ- ‘नेपाल सरकार स्वास्थ्य वीमा वोर्ड र यस त्रि.वि. शिक्षण अस्पतालबीच सम्झौता भई विगत २०७७ साल देखि नेपाल सरकारको स्वास्थ्य वीमा उपचार कार्यक्रम निरन्तर संचालन हुँदै आएको व्यहोरा सर्वविधितै छ । स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ वृद्धि हुँदै मासिक झण्डै ५ करोड हाराहरीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृति गरी बाँकी अस्वीकृत गरिँदै आएको जानकारी गराउँदै हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको व्यहोरा जानकारी गराउँदछु ।’

  • Related Posts

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…

    डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने

    काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 106 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 105 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 108 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 98 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-