श्रीनेपालआमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न

मुना न्यौपाने

काठमाडौँ, १७ माघ । शङ्कपुर नगरपालिका वडा नं. ५ इटाखेलस्थित स्वयंप्रकट श्रीशालग्राम भगवानको पावन सान्निध्य श्रीनेपालआमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।

स्वस्तिक अस्पताल, सातदोबाटोको आधुनिक चिकित्सा पद्धति, ओम कायकल्प वेलनेस सेन्टर, न्यूलाइफ आयुर्वेद प्रा.लि.गोंगबुले प्राकृतिक चिकित्सा पद्धति सेवातर्फ, महिला वातावरण समूह, सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र, साँखु, ईटाखेल टोल विकास समितिले सहयोग गरेका थिए ।

एलोपेथी चिकित्सा र प्राकृतिक चिकित्सा, मनोचिकित्सा लगायतका सेवाहरु प्रदान गरिएका थिए । शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गर्नुका साथै ब्लड प्रेसर जाँच र जनरल चेकअप गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं मनोपरामर्श सेवा समेत प्रदान गरिएको थियो ।

स्वस्तिक अस्पताल, सातदोबाटोका प्रबन्ध निर्देशक लक्ष्मीनारायण सुवालसहित ९ नौजना प्राविधिक डक्टरहरुको टोलीले एलोपेथी उपचार प्रदान गरेका थिए । कायाकल्प वेलनेस सेन्टर, सुकेधाराका अध्यक्ष शैलेन्द्र शर्मा, उपाध्यक्ष डा. आइन्टाइन लघुन, मनोविश्लेषण केन्द्र, तीनकुनेका मनोविद् बासु आचार्य, प्राकृतिक स्वास्थ्य सचेतना अभियानका अध्यक्ष लेखनाथ आचार्य, सामुदायिक सेवा समाजका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिना, गौरीघाट सुधार समितिका कार्य समिति सदस्य कृष्णचन्द्र श्रेष्ठ, सामुदायिक सेवा केन्द्र चावहिलका कार्यसमिति सदस्य गीता मानन्धरभारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र, नेपालका कोषाध्यक्ष मदनकृष्ण सिलवाल, अधिवक्ता बद्रीनाथ भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

उक्त शिविर कार्यक्रमको संयोजन रेणु खरेलले गर्नुभएको थियो । कार्यक्रम समापनमा स्वास्थ्य शिविरमा सहयोग पु¥याउनुभएका सबैलाई धन्यवाद प्रकट गर्दै शश्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठका उत्तराधिकारी स्वामी श्रीवासुदेव प्रपन्नाचार्य, श्रीमुक्तिनाथ संस्कृत गुरुकुलम् वेदपाठशालाका श्रीदामोदर गुरुले सबैलाई विदाइ गर्नुभएको थियो । उक्त स्थानमा निर्माणाधीन श्रीमुक्तिनाथ बाबा अस्पताल (स्वास्थ्य सेवाश्रम) रहेको छ ।

  • Related Posts

    कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

    काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था…

    डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने

    काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 106 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 105 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 108 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 71 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 98 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-