संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौँ । आज संवैधानिक परिषदको बैठक बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको संबैधानिक परिषदको बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले प्रधानन्यायाधीशको सिफारिस बारे निर्णय गर्ने एजेण्डा रहेको छ ।  

प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्रीसमेत सहभागी हुने प्रावधान रहेकोले यस बैठकमा मन्त्री सोबिता गौतमको समेत सहभागिता हुनेछ । 

सरकारले अध्यादेश मार्फतयसअघि व्यवस्था संशोधन गर्दै चार जना उपस्थित भएमा बैठक बस्न सकिने र तीन जनाको सहमतिमा निर्णय गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ । परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन  । 

त्यस्तै  प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।

  • Related Posts

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका…

    सिएनएनका संस्थापक टर्नरको निधन

    काठमाडौँ । विश्वप्रसिद्ध समाचार सञ्जाल सिएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको टर्नर इन्टरप्राइजेजले जनाएको छ । अमेरिकाको ओहायोमा जन्मिएका टर्नरलाई स्पष्ट…

    पहिलो

    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    • May 7, 2026
    • 47 views
    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    • May 7, 2026
    • 27 views
    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    सिएनएनका संस्थापक टर्नरको निधन

    • May 7, 2026
    • 19 views
    सिएनएनका संस्थापक टर्नरको निधन

    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    • May 7, 2026
    • 22 views
    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    • May 7, 2026
    • 27 views
    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते

    • May 7, 2026
    • 25 views
    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते