सडक अवरोध हटाउन विज्ञसहितको दु्रत प्रतिकार्य टोली

मकवानपुर, १६ साउनः बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्बाट हुनसक्ने अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले मन्त्रालयले विज्ञको सहायता लिने गरी भौतिक पूर्वाधार विकास निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच जनाको द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरेको जानकारी दिनुभयो ।

सवारी चाप भएका सडकमा वर्षादजन्य तथा प्राकृतिक विपद्का कारण आपत्कालीन आवागमनसमेत अवरुद्ध हुने र न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा वैकल्पिक पहँुचमार्ग पहिचान र सञ्चालन गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मास्केले सो टोलीले अवरुद्ध मुख्य प्रादेशिक सडकहरुको निरन्तर पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडक यथाशीघ्र स्रोतसाधन प्रयोग गरेर छिटो सुचारू गर्ने बताउनुभयो । उक्त टोलीले अन्तरनिकाय समन्वय गर्ने, विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने, प्रचलित कानुनको अधिनमा रही कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने पनि जनाइएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल