सडक मापदण्डभित्रका संरचना हटाउन सुरु

गण्डकी, ८ साउन स् पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म सडकको दुवैतर्फ चार किलो मिटर दूरीमा सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ ।

पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो ।

यस सम्बन्धमा तल्लो गगनगाँैडा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिनुुभयो । यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुुभयो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल