सन्दीपलाई अमेरिकाले दियो भिसा

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको स्रोतले बताएको छ ।

आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरूलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ । नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यसअघि अमेरिकामै आयोजना भएको टि २० विश्वकपमा जान सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरेको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 85 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल