सन् २०२४ अहिलेसम्मकै गर्मी वर्ष हुने क्रममा छ संयुक्त राष्ट्रसंघ

काठमाडौँ। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको बताएको छ ।

डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको जनाउँदै उक्त निष्कर्ष निकालेको हो।

सन् २०१५ मा पेरिसमा भएको सम्मेलनबाट २०० देशहरूले जलवायु परिवर्तनको नराम्रो प्रभावलाई कम गर्ने आशामा तापक्रमको बढ्दो स्तरलाई सीमित राख्न प्रयास गर्ने वाचा समेत गरेका थिए।

मौसम विज्ञान संगठनले त्यसलगायत अन्य चिन्ताजनक निष्कर्षहरू पनि सार्वजनिक गरेको छ । महासागरहरू छिटो तातिरहेका छन् भने हिमनदीहरू पग्लने क्रम पनि बढ्दो अवस्थामा छ। सन् २०२३ मा विश्वका हिमनदीहरूबाट टुक्रिएका बरफको मात्रा सन् १९५३ मा मापन सुरु भयायताकै उच्च थियो ।

त्यस्तै समुद्री सतह पनि बढ्दै गएको छ। सन् २०१४ देखि २०२३ सम्म विश्वव्यापी औसत समुद्री स्तर प्रति वर्ष ४.७७ मिलिमिटरले बढेको थियो, जुन १९९३ र २००२ बीचको दरभन्दा दोब्बर हो ।

जलवायु वैज्ञानिकहरूले धेरै वर्षदेखि यी विषयहरूमा विभिन्न अनुसन्धानहरू गर्दै आइरहेका छन् भने प्रतिकूल हुँदै गएको चेतावनी समेत दिँदै आइरहेका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 85 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल