सशस्त्र प्रहरी निरीक्षक र जवानविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसमेत २ जनाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

रुपन्देहीको कोटहीमाई-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले सिमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग लिएको १५ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवाका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीसमेतको आपसी मिलोमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सो रकम लिएको खुलेकोले दुवैविरुध्द शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 78 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 74 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 127 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 142 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views