दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०६ असोज । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. प्रसौनी भठ्ठा ले विशेष सुराकीको आधारमा सोमबार राति करिब ०१:०० बजेको समयमा पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०७, जगतपुर-मननपुर गाउँबाट भारी मात्रामा प्रतिवन्धित लागु औषध चरेश बरामद गरेको छ ।
आज राति त्यहाँ बाट खटी गएका सशस्त्र प्रहरी निरीक्षक चेतन बाहकोटीको कमाण्डमा ६ जनाको मोटरसाईकल गस्ती टोलीले सानो बाख्रा राख्ने फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा दुई वटा कालो झोला भित्र कार्टुनमा राखिएको १९ किलो १ सय २६ ग्राम अबैध लागु औषध चरेस फेला परेको तथा व्यक्ति कोही पनि नरहेको पुष्टी पश्चात थप मद्दतको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, पोखरीया बाट खटी आएको सशस्त्र प्रहरी नायब उपरीक्षक सम्भु कटुवालको गाडी मोवाईल टोलिले जिम्मा लिई ईलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की ले बताएका छन् ।








