नेशनल मेडिकल कलेज द्वारा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रालाई सम्मान सहित विदाई-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०६ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ ।

पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो ।

कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, एकेडेमी डाइरेक्टर डा. रुबी श्रेष्ठ यास्मिन, एडमिसन तथा मार्केटिंग निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. के.एन. सिंह स. प्रधानाध्यापक डा. रविशंकर गुप्तालगायत पर्सेली सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले मिश्राको कार्यकाललाई स्मरणीय बताउँदै वीरगञ्जको शान्ति र सुरक्षामा उनको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रमको समापनमा प्रहरी उपरीक्षक मिश्राले नेशनल मेडिकल कलेजप्रति आभार प्रकट गर्दै सामाजिक संस्थाहरूको सहयोगले प्रहरी प्रशासनको कार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 72 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 64 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 126 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 56 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 83 views