सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ बैशाख । अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र कार्यान्वयन” विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शनिबार पुजन होटल, बिरगंजमा आयोजित गोष्ठीमा पर्साका ७० जना प्रबन्धकहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो भने राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डलले प्रमुख अतिथिको रूपमा गोष्ठी उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु बराल, सल्लाहकारका रूपमा संस्थापक अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया तथा निवर्तमान अध्यक्ष संजय कुमार महतोको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारी क्षेत्रको दीर्घकालीन वित्तीय सुदृढता, नियमन र पारदर्शिता अभिवृद्धिका लागि आवश्यक नियम, निर्देशन र पुँजी गणनाका विधिहरूबारे गहन प्रस्तुति तथा छलफल गरियो । शाखा प्रमुखले सहकारीको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरू प्रस्तुत गर्दै सहकारी व्यवस्थापनमा बैंकको सहकार्य र सहयोग अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए ।कार्यक्रम सञ्चालन प्रदीप कुमार लोहारले गरेका थिए। क्लबका सचिवद्वारा सहकारीहरूको सरोकार, समस्या तथा प्रशिक्षण आवश्यकताका बारेमा विवरण प्रस्तुत गरियो। सहभागीहरूले गोष्ठीलाई अत्यन्त उपयोगी र व्यवहारिक अनुभूति गरेका छन् ।

सहकारी व्यवस्थापनमा संलग्न व्यक्तिहरूबीच ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार गर्न गोष्ठी सफल ठहरिएको छ। अपरेटिभ म्यानेजर्स क्लब, पर्साले भविष्यमा यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।यस्तो किसिमको कार्यशालाले सहकारीहरूको दक्षता, पारदर्शिता तथा स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 41 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 40 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    • May 30, 2026
    • 25 views
    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 50 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 97 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 85 views