साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दुई महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भएको छ ।

आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड संकलन भएको छ । यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै गैरकरबाट २१ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ । दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान प्राप्त भएको छैन । यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य हो ।

दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु शीर्षकमा खर्च भएको छ । १४ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ ।

वित्तीय हस्तान्तरणमा ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । दुई महिनामा गरिएको खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत हो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 35 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 19 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि