साउन २, ललितपुर । पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि पारित भएको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको जानकारी दिए ।
उनका अनुसार ९१ करोड ६१ लाख ५७ हजार रुपैयाँ र तीन अर्ब २४ करोड ३० लाख रुपैयाँ विनियोजित बजेटमध्ये चालू खर्चतर्फ र पूँजीगत खर्चतर्फ छुट्याइएको छ ।
पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताए । ‘पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।’







