सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

धरान (सुनसरी) ३१ असार : सुनसरीको भेडेटारमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सम्पन्न बैठकमा सुनसरी, धनकुटा, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको सहभागिता रहेको थियो ।

सुनसरीका प्रजिअ रामचन्द्र तिवारीले बैठकमा सप्तकोशी नदीको जलमार्ग र अन्य क्षेत्रमा समेत लागुपदार्थ ओसारपसार बढेको भन्दै नियन्त्रणका विषयमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । “सबै जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अवैध हातहतियार तथा लागुऔषध प्रयोग तथा ओसारपसार, अवैध मदिरा नियन्त्रण, विपद् व्यवस्थापन र आपराधिक घटना बढ्न नदिन पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ”, प्रजिअ तिवारीले भन्नुभयो ।

सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले सुनसरीमा लागुऔषधको कारोबार बढेको र त्यसको ट्रान्जिट प्वाइन्छ कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदी जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निणर्य गरिएको जानकारी दिनुभयो ।

बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ति सुरक्षासहित लागुपदार्थ ओसारपसार तथा कारोबार पूर्णरूपमा नियन्त्रण गर्न नेपाल प्रहरी सधैँ तयार रहने बताउनुभयो ।

बैठकले लागुऔषधसहित अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सूचना आदानप्रदान तथा समन्वय गर्न सबैले सहयोग गर्ने निर्णय गरेको छ । बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख खापुङ, सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका प्रमुख डिआइजी शम्भु सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य र चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता रहेको थियो ।

समन्वय बैठकले अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढङ्गले अगाडि बढ्ने र गैरकानुनी क्रियाकलापलाई चारवटै जिल्लाको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल