स्थानीय प्रशासनको निर्णय प्रति पर्सा मदिरा व्यवसायी संघको गम्भीर ध्यानाकर्षण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १४ फागुन । जिल्ला प्रशासन कार्यालय, पर्सा बाट मिति २०८२ साल फाल्गुण १५ गते देखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गरिएको भन्ने सूचनाले सम्पूर्ण मदिरा व्यवसायीहरू अत्यन्तै चिन्तित र मर्माहित भएका छन् । अहिलेको अवस्थामा मदिरा व्यवसायीहरूको आर्थिक स्थिति पहिले नै कमजोर रहेको छ ।

देशको वर्तमान परिस्थितिले व्यवसाय थप प्रभावित भएको छ ।यथार्थमा हेर्ने हो भने राज्यलाई कर (Tax) तिर्ने प्रमुख क्षेत्रमध्ये मदिरा व्यवसाय पनि एक हो । वर्षौं देखि व्यवसायीहरूले राज्यको राजस्वमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । तर यही व्यवसायलाई लक्षित गरेर यसरी अचानक गरिएको निर्णयले व्यवसायीहरूलाई गम्भीर संकटमा पारेको छ ।विशेषगरी होली जस्तो पर्व वर्षमा एक पटक आउने महत्वपूर्ण समय हो, जसमा धेरै जसो व्यवसायीहरूले वर्ष भरिको ठूलो कारोबार गर्ने अपेक्षा राखेका हुन्छन् ।

यही समयलाई लक्षित गरेर धेरै व्यवसायीहरूले बैंक, सहकारी, साथी-भाइ तथा अन्य स्रोत बाट सापटी, ऋण तथा कर्जा लिएर सामान खरिद गरी व्यापारको तयारी गरेका हुन्छन् । यस्तो अवस्थामा होली आउनु भन्दा करिब एक हप्ता अगाडि नै पसल बन्द गर्ने निर्णय गर्नु कतिको न्यायोचित हो भन्ने गम्भीर प्रश्न उठेको छ।

यदि व्यवसाय नै सञ्चालन गर्न नदिने हो भने व्यवसायीहरूले लिएको ऋण, बैंकको किस्ता, घर-परिवारको खर्च र राज्यलाई तिर्नु पर्ने कर कसरी तिर्ने ? यसको जिम्मेवारी कसले लिने ? राज्यले व्यवसायीहरूको पीडा र वास्तविक अवस्थालाई बुझ्नु अत्यन्त आवश्यक छ ।

यस विषयमा पर्सा मदिरा व्यवसायी संघ सम्बन्धित निकाय समक्ष गम्भीर आपत्ति प्रकट गर्दै उक्त निर्णय पुनर्विचार गर्न तथा व्यवसायीहरूको समस्या, लगानी र परिस्थितिलाई मध्यनजर गर्दै उपयुक्त समाधान निकाल्न जोडदार माँग गर्दछ ।अन्त्यमा, सम्पूर्ण व्यवसायी साथीहरूलाई संयमित र एकताबद्ध भई आफ्नो हक–अधिकारका लागि उभिन पनि अनुरोध गर्दछौं ।

  • Bishnu Timalsina

    Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 32 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि