स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

काठमाडौँ, १ साउनः जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन गर्दे सांसदहरुले नेपालमा उत्पादित जडीबुटीको प्रभावकारी रुपमा बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सांसदहरुले लिमिटेडको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । छलफलका क्रममा सांसद मदनकुमारी शाहले लिमिटेडका उत्पादन बजारीकरणको तहमा कमजोर रहेको भन्दै यसमा जोड दिन आग्रह गर्नुभयो । उहाँलगायत अरु सांसदहरुले पनि नेपालमा उत्पादित जडीबुटीका उत्पादन प्रयोग गरौँ भन्ने खालका सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद पदमबहादुर परियारले भन्नुभयो, “उत्पादित वस्तुलाई बिक्री गर्न पनि प्रक्रियागत झण्झटका कारण समस्या रहेछ । व्यापार गर्ने संस्थाको कार्यविधि नै पो परिवर्तन गर्नुपर्ने हो की यसमा सोच्नुपर्छ ।” नेपाल जडीबुटीको क्षेत्रमा ठूलो सम्भावना बोकेको र आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याउन सक्ने भएकाले यसको खोज, अनुसन्धान, उत्पादनमा प्राथमिकता दिनुपर्ने सांसदहरुको भनाइ थियो ।

समितिका सभापति मायाप्रसाद शर्माले लिमिटेडका पदाधिकारीलाई यसका समस्या लिपिबद्ध गरेर समितिलाई पठाउन र अगामी दिनमा थप छलफल गरी सरोकारवालालाई झक्झक्याउन काम गरिने आश्वस्त पार्नुभयो । लिमिटेडकी महाप्रबन्धक सङ्गीता यादवले आगामी दिनमा ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बजारको अध्ययन गर्दै आफ्ना उत्पादन बढाउँदै लगेका छौँ । यो वर्षदेखि शुद्ध मह पनि ल्याउने तयारीमा छौँ । हाते प्रविधिबाट सञ्चालित सञ्चो उत्पादन हाल स्वाचालित अत्याधुनिक मेसिनबाट उत्पादन हुँदै आएको छ । जसले गर्दा उत्पादन क्षमतामा पनि वृद्धि भएको छ ।”

उहाँले बजारको मागअनुसार आपूर्ति गर्ने र विदेशमा निकासी गर्न कम्पनीको पूँजी, प्रविधि र जनशक्तिलाई पनि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सञ्चालक समितिका अध्यक्ष डा सिन्धुप्रसाद ढुङ्गानाले बजारीकरणका सम्बन्धमा समस्या देखिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिस्पर्धाको जमाना छ । कतिपय सामानका बजारभाउ अनुसार बेच्न नसकिएको अवस्था छ । प्रक्रियागत हिसाबले भाउ तोक्दा अर्को पटक भाउ फेरिसकेको हुन्छ । जसले गर्दा बिक्रीमा असर पुग्छ ।”

विसं २०३८ मा स्थापना भएको लिमिटेड सरकारी स्वामित्व भएको संस्था हो । लिमिटेडले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल