हरि खेतान बहुमुखी क्याम्पस, बीरगंज मा नमुना इजलास को समुद्घाटन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ श्रावण ।  हरि खेतान बहुमुखी क्याम्पस, बिरगंजको कानुन संकायको अध्ययनको लागि नमुना इजलासको समुद्घाटन आज एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।

त्रिभुवन बिश्व विधालय कानुन संकायका डिन प्रा. डा. कृष्ण प्रसाद बस्यालको प्रमुख अतिथ्यमा सुसम्पन्न समुद्घाटन कार्यक्रम मा बोल्दै उहाँले भन्नु भयो- यस्तो किसिमको नमुना इजलास राख्ने नेपालको पहिलो नेपाल ल क्याम्पस, दोश्रो नेपालगञ्ज को महेन्द्र क्याम्पस जुन अहिले सम्म समुद्घाटन हुन सकेको छैन् तथा तेश्रो मा हरि खेतान क्याम्पस जुन मधेश प्रदेश कै पहिलो नम्बरमा पर्न सफल भएको देखिन्छ । यस क्याम्पसको कानुन संकाय को स्तरोन्नति को लागि आफु सधै त्यार रहेको कुरा पनि बताएका छन् ।

यसै गरी २०३८ साल देखि संचालनमा रहेको यस क्याम्पसले २०४३ साल देखि ल को पठनपाठन शुरु गरेर हालसम्म निरन्तरता दिएको कुरा हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय ले प्रमुख अतिथिलाई अवगत गराउँदै बीए एल एल बी को लागि ब्यवस्थापन गराई दिनु हुन अनुरोध समेत गरेका छन् । साथै यस क्याम्पसमा सबै संकायको गरेर ४ हजार ५ सय विद्यार्थीहरु रहेको तथा कानुन संकाय मा छात्राको सहभागिता पनि छात्र सरह नै रहेको जानकारी समेत गराएका थिए ।

सोही अवसरमा HKMC Research Vision Journal नामक पुस्तक को बिमोचन पनि गरिएको छ जुन त्यस क्याम्पस मा पठनपाठन गर्ने बिधार्थीहरुको लागि अझ प्रेरणा को श्रोत बन्ने समारोह मा सहभागि सहायक क्याम्पस प्रमुख लक्ष्मण बहादुर कुँवरले बताएका छन् ।

उक्त समारोहको अध्यक्षता क्याम्पस प्रमुख किशोरी राय ले गरेका थिए भने स्वागत मन्तब्य क्याम्पसका कानुन संकाय का सह प्राध्यापक रामाशिष यादवले दिएका थिए तथा क्याम्पस संचालक समितिका संस्थापक सदस्य डा. राम अवतार खेतान, सल्लाहकार प्रकाश खेतान, यस क्याम्पसमा कानुन संकाय मा अध्ययन गरि नेपाल ल क्याम्पसका पूर्व सह क्याम्पस प्रमुख बिजय जयसवाल लगायत पत्रकार, बिधार्थी तथा शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 90 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल