हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत 

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार गत साउन २३ गते भएको हेलिकप्टर दुर्घटनाको जानकारी प्राप्त भएदेखि घटनास्थलबाट पार्टपुर्जा सङ्कलन कार्यसम्मको अवधिमा प्रशंसनीय कार्य गर्ने १० जना प्रहरीलाई सम्मान गरिएको हो । हेलिकप्टर दुर्घटना भएको सूचना प्राप्त लगत्तै घटनास्थल पुगेर हेलिकप्टरमा लागिरहेको आगो निभाएर च्यापिएका यात्रुको शवलाई थप क्षति हुन नदिई तदारुकताको साथ साहसिक उद्धार कार्यमा खटिएका, अन्य निकायसँग प्रभावकारी समन्वय गरेका र घटनास्थलमा यत्रतत्र छरिएका यात्रुको सामग्री र हेलिकप्टरका पाट पुर्जाको भरपर्दो सुरक्षा व्यवस्था मिलाएका प्रहरीलाई सम्मान गरिएको हो ।

‘नगद रुपैयाँसहित प्रशंसा पत्रबाट पुरस्कृत भएका प्रहरीको रेकर्ड अभिलेख किताबखानामा समावेश गर्न सिफारिस गरिएको छ’, प्रहरी प्रमुख कोइरालाले भने, ‘आपत्कालीन परिस्थितिमा संयततापूर्वक पुर्‍याएको उच्च योगदान प्रहरी गरिएको कदरले अन्य प्रहरी कर्मचारीलाई हौसला मिल्नेछ । आगामी दिनमा थप सकारात्मक नतिजा प्राप्त गर्न सकिनेछ ।’ सम्मानित हुनेमा प्रहरी हबल्दार आशबहादुर गुरुङ, राजन खत्री र दीपेन्द्र पण्डित, प्रहरी सहायक हबल्दारहरू सुवास खत्री, कमल सापकोटा र गणेशप्रसाद तिवारी रहेका छन् । प्रहरी जवानहरू तुर्कबहादुर शाही, अशोक गाहा, सङ्गम कोइरी र विजन गुरुङलाई हेलिकप्टर दुर्घटनाको क्रममा उद्धार, समन्वय र सुरक्षामा पुर्‍याएको योगदानको कदर गर्दै नगद रुपैयाँसहित सम्मान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय किताबखाना लैनचउरलाई गराएको हो ।

गत साउन २३ गते त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरका क्याप्टेन अरुण मल्लसहित सवार चार जना यात्रु (चिनियाँ नागरिक) को निधन भएको थियो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 33 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि