१ वर्षमा १५ अर्ब रूपैयाँबराबरको गेडागुडी आयात

काठमाडौँ । आर्थिक वर्ष ०८०/८१ मा १५ अर्ब १ करोड ९६ लाख रूपैयाँबराबरको गेडागुडी तथा दलहन आयात भएको छ । मुलुकले एक वर्षमा १४ करोड ७७ लाख ५९ हजार किलो गेडागुडी आयात गरेको भन्सार विभागले जनाएको छ ।

केराउ, चना, बोडी, सानो रातो बोडी, राजमा, तनेबोडी, बकुला, सिमीलगायत गेडागुडी आयात भएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष ५ अर्ब १० करोड ५० लाख रूपैयाँबराबरको रातो दाल र १ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको केराउ आयात गरिएको थियो ।

मुलुकमा ४ अर्ब ५ करोड रूपैयाँबराबरको चना, ३ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बोडी, ४७ करोड ९७ लाख रुपैयाँको राजमा आयात भएको विभागको तथ्यांक छ । ८ करोड ६२ लाख रुपैयाँको अन्य बोडी र १ करोड ४ लाख रुपैयाँको तनेबोडी आयात भएको छ ।

नेपालमा सबैभन्दा बढी अस्ट्रेलियाबाट ३ अर्ब ५१ करोड ३० लाख रुपैयाँको चना आयात भएको छ । म्यानमारबाट १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको बोडी, भारतबाट ४० करोड ९२ लाख रुपैयाँको राजमा आयात गरिएको विभागले जनाएको छ । भारतबाट १ करोड ५० लाख रुपैयाँ बराबरको केराउ आयात गरिएको छ ।

नेपालमा भारत, चीन, म्यानमार, अस्ट्रेलिया, क्यानडा, केन्या, अर्जेन्टिना, ब्राजिल, साउथ अफ्रिका, भेनुजुयला, मोरोक्को, इन्डानेसियालगायत विभिन्न मुलुकबाट गेडागुडी आयात हुने गरेको छ । आर्थिक वर्ष ०७९र८० मा १४ अर्ब ८ करोड ३८ लाख रूपैयाँबराबरको गेडागुडी तथा दलहन आयात भएको थियो । विभागका अनुसार १४ करोड ५२ लाख ६६ हजार किलो आयात भएको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 91 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 119 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल