पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना

गण्डकी, २ साउन: युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा रु एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षितगरी अक्षयकोष स्थापना गरेको हो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन र क्याम्पस प्रमुख सिशुकला पराजुलीलाई चेक हस्तान्तरण गर्नुुभयो । कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थी अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकामा धन्यवाद व्यक्त गर्नुुभयो । युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई कालान्तरसम्म शिक्षामा सहयोग पुुग्ने उहाँको भनाइ छ । युुनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनका क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउँसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थी अध्ययन गर्ने गरेको बताउँदै युनाइटेड क्लब पोखराको सहयोगले उनीहरूको शिक्षामा थप ऊर्जा मिलेको लालचनले बताउनुभयो । क्याम्पस प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जोकोही विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको छात्रवृत्तिसँगै पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकामा युनाइटेड क्लब परिवारप्रति आभार व्यक्त गर्नुुभयो । क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापनाकालदेखि हालसम्म आइपुुग्दा एक दर्जन बढी विद्यालयमा आर्थिक अभावका बाबजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताउनुुभयो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल