बाबा टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

जलेश्वर, ७ साउनः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताउनुभएको छ । आज महोत्तरीको बर्दिवास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चना गर्दै उहाँले यहाँको पूर्वाधार विकास गरेर धार्मिक महत्वका पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा दर्शन तथा पूजाअर्चना मात्रले श्रद्धालु भक्तजनको भाकल तथा मनकामना पूरा हुने गरेको बताउनुभयो । महोत्तरीबाट पूर्वमा पर्ने पवित्र नदी कमला र पश्चिममा पर्ने वाग्मती नदीबाट जल ल्याइने मन्दिरमा चढाउने गरिन्छ । मुख्यमन्त्रीले बाबा टुटेश्वरनाथ मन्दिरको व्यापक रुपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक विदेशी पर्यटक ल्याउन सकिनेमा जोड दिनुभयो । उहाँले यस मन्दिर तथा बाबाको विकास विस्तार र प्रचारप्रसारले यस क्षेत्रकै अर्थतन्त्र मजबुत हुने तथा जीविकोपार्जनमा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । बाबा टुटेश्वरनाथको पूर्वाधार विकास र प्रचारप्रसारका लागि बर्दिवास नगरपालिकासँग समन्वय गरेर मधेस प्रदेश सरकार आवश्यक कदम चाल्न तत्पर एवं तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता प्रकट गर्नुभयो ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले मुख्यमन्त्री सिंहलाई बाबा टुटेश्वरनाथको विशेष पूजाअर्चना गराउनुका साथै मन्दिर तथा बाबाको इतिहास र त्यहाँको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 30 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि