गुल्मीका गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु

गुल्मी, ९ साउनः यहाँ व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।

यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउने र बाली बिरुवाको वृद्धि विकास पनि चाँडो हुने तथा अरू मलभन्दा यो मलको गुणस्तर पनि राम्रो भएका कारण जिल्लामा गँड्यौली मल उत्पादन गर्न लागिएको हो । धुर्कोट जैविक कृषि तथा गँड्यौला मल उत्पादन फार्मले इस्मा र धुर्कोट गाउँपालिकाको सङ्गम स्थानअन्तर्गत हुलाके स्थित सप्लिङ्गमा यसको उत्पादन सुरु भएको छ । गाईभैँसीको मललाई गँड्यौलामार्फत प्रशोधन गरी यहाँका किसानहरु गँड्यौली मल उत्पादनमा लागेका हुन् । गाईभैँसीको मल र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाइने हुँदा यसले वातावरणलाई पनि स्वच्छ राख्न मद्दत पु¥याउँछ । आजभोलि खेतबारीमा धेरैजसो रासायनिक मलको प्रयोग गर्ने क्रम बढ्दै गएको र त्यसबाट क्षणिक रुपमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरे पनि दीर्घकालीन रुपमा त्यो मानव स्वास्थ्य र माटोमा समेत ठूलो असर पर्ने बताइएको छ । गँड्यौली मलले बालीनालीको उत्पादनमा वृद्धि हुने, माटोको उर्वरतालाई बचाइराख्ने र उत्पादित वस्तुहरु शुद्ध जैविक हुने धुर्कोट अग्र्यानिक कृषि तथा गँड्यौला मल उत्पादन फार्मका सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । फार्मबाट उत्पादित गँड्यौली मलको मूल्य हाल रु ३० प्रतिकिलो रहेको छ । किसान मल किन्नका लागि फार्ममै पुग्ने गर्दछन । गँड्यौली मलको माग बढ्दै गएका कारण यतिबेला गाउँघरमा पर्याप्त मात्रामा मल पु¥याउन धौधौ परेको फार्म सञ्चालक भण्डारीले बताउनुभयो । “गँडयौली मलले दिने उत्पादन र रासायनिक मलले दिने उत्पादन बराबर छ, यसको फाइदा भनेको माटोलाई स्वस्थकर राखी माटोको उर्बरा शक्तिमा वृद्धि गरी उत्पादित वस्तुहरु पनि जैविक खान पाइन्छ”, उहाँले भन्नुभयो । गँडयौली मल बनाउँदा सुरुमा गाईभैँसीको गोबर प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्ने, त्यही बनाएको ब्याडमा गँड्यौला राख्ने र माथिबाट बाक्लो जुटको बोराले छोपिदिने गरिन्छ । यसरी छोपेको केही दिनपछि बुरबुर किसिमको गँड्यौली मल तयार हुन्छ । माटो व्यवस्थापन कार्यक्रमअन्तर्गत जिल्लामा भर्मी उद्योग कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । ज्ञान केन्द्रको रु पाँच लाख र फार्मका तर्फबाट रु ७३ हजार गरि रु पाँच लाख ७३ हजार लागतमा उक्त कार्यक्रम सञ्चालनमा आएको बताइएको छ । माटो व्यवस्थापन कार्यक्रममार्फत किसानहरुलाई रासायनिक मलको प्रयोग कम गर्दै लैजाने उद्देश्यका साथ प्राङ्गारिक मलको उत्पादनलाई प्राथामिकता दिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । गँड्यौली मल उत्पादनलाई मुख्य प्राथमिकता दिने भन्दै धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले आउँदा दिनहरुमा आम किसानलाई यसको महत्वका बारेमा जनचेतना जगाउँदै भर्मी मलको उत्पादन र यसको प्रयोगमा जोड दिने बताउनुभयो । जिल्लाको धुर्कोट, इस्मा, मदाने, चन्द्रकोट, छत्रकोट लगायतका पालिकामा हाल २४ किसानले गँड्यौली मलको उत्पादन गर्न सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

–––

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 70 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल